सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अघिल्लो दुई सिजन निकै सफलता पूर्वक सम्पन्न भए सङ्गै ‘नेपहपको श्रीपेच ३’को औपचारिक घोषणा गरिएको छ । आज एक कार्यक्रमका बिच शोको औपचारिक घोषणासँगै सिजन ३ का लागी डिजिटल अडिसन पनि खोलिएको छ । डिजिटल अडिसन कार्तिक २५ गते सम्म खुल्ला रहनेछ ।

नेपाली टेलिभिजनमा रियालिटी शोहरुको भिडमा र्‍याप बिधामा एक मात्र स्थापित नाम हो ‘नेपहपको श्रीपेच’ । ‘नेपहपको श्रीपेच’को सिजन ३ को टाइटल स्पोन्सरको रूपमा ‘रेड बुल’ रहने औपचारिक घोषणा गरिएको छ भने के.आई.ई.सी कन्सल्टेन्सीले पनि साथ दिने भएको छ ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘नेपहपको श्रीपेच -३’ मा सहभागी हुनका लागि प्रतियोगीले www.nepalirap.com मार्फत आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । साथै नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, अफिसियल WHATSAPP NUMBER 9707259961 र [email protected] मा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्य जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ। डिजिटल अडिसनको लागि बिट Shreepech Studio युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ ।

‘नेपहपको श्रीपेच ३’को विजेताले रु १० लाख नगत, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपविजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

‘नेपहपको श्रीपेच’को पहिलो संस्करणको विजेता भाईबर साइमन हुन भने दोस्रो सिजनका विजेता योङ्ग वेभ हुन् । दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् । अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र महेश तामाङ “दोङ” निर्णायक रहेकोमा यस सिजनमा भने मानस घले, गिरिश खतिवडालाई मात्र सार्वजनिक गरिएको छ भने तेस्रो निर्णायक चाँडै नै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । कार्यक्रमको कार्यकारी निर्माताको रूपमा आदर्श विष्ट रहेका छन् भने निर्देशकिय टिमको लिड भने विक्रम खनालले गर्नेछन् ।

‘नेपहपको श्रीपेच ३’ मङ्सिरको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिनेछ । कार्यक्रमको ब्रोड्कास्टिङ्ग पार्टनर र भोटिङ्ग पार्टनर पनि केही दिनमा नै सार्वजनिक गरिनेछ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com