सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – प्रदीप शाही लिखित साथै निर्देशित नेपाली साइन्स-फिक्सन ड्रामा,चलचित्र ‘एक्लो’ को टिजर युट्युब मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरले चलचित्रको कथावस्तु, चरित्र चित्रण, मनोविज्ञान र चलचित्रको थिमबारे संक्षिप्तरुपमा जानकारी दिन्छ ।
नेपाल र बेलायतबीचको संयुक्त सहकार्य रहेको फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (जेमी बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।
तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक भएर देखिएका छन् ।
नेपालको मुस्ताङ, काभ्रे लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको छ । चलचित्रमा कलाकारहरु प्रदीप खड्का, दीया पुन, विजय लामा, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतको अभिनय रहेको छ ।
अंग्रेजी नयाँ बर्ष लक्षित गर्दै चलचित्र ‘एक्लो’ १ जनवरी, २०२६ यानी आउँदो १७ पुस देखी प्रदर्शन हुने छ ।





 
                                     
            



प्रतिक्रिया