सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘१४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल–२०२६’ आगामी माघको पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सह आयोजनामा यो महोत्सव हुन लागेको हो । आयोजकका अनुसार महोत्सवको लागि चलचित्र धमाधम प्राप्त भइरहेको छन् ।
यो महोत्सवको लागि आयोजक पक्षले आगामी मंसिरको पहिलो साता भित्र नेपाली चलचित्र, आदिवासी चलचित्र, वृत्तचित्र, लघु चलचित्र, म्युजिकल चलचित्र समावेश गर्न पनि आयोजक पक्षले जनाएको छ । महोत्सवको लागि फिल्म फ्रि वे डट कम तथा मार्फत नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभलका साइटबाट चलचित्रको आवेदन दिन सकिने छ । यस्तै आयोजक विलक्षण क्रियसनको कार्यालयमा समर्पक गरेर पनि महोत्सवमा चलचित्र समावेश गर्न पाइने छ ।
१५ वर्षअघिबाट सुरु गरिएको यो महोत्सवले नेपाल र अफ्रिकासँगै संसारभरका चलचित्र सांस्कृतिक आदान प्रदानमा महत्त्वपूर्ण योगदान दिँदै आएको यो महोत्सवकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा. मञ्जु मिश्रले बताएकी छिन्,‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदान प्रदानसँगै दुई वर्ष यताबाट यो महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रलाई पनि प्रदर्शन गर्दै आएका छौँ । महोत्सवले अफ्रिकालाई अफ्रिकन लेन्सबाटै हेरिनु पर्छ भन्ने हाम्रो नारा रहेको छ ।’
यो महोत्सव निर्देशक डब्बु क्षत्रीले आगामी मंसिरको दोस्रो साताबाट निर्णायक टिमले चलचित्र चयनको प्रक्रिया सुरु गर्ने छन् । चयन भएका चलचित्रहरूको विवरण मंसिरको अन्तिम साता सार्वजनिक गर्ने र माघको पहिलो साता यो महोत्सव आयोजना गरिने पनि क्षत्रीले जानकारी गराए । बिगत झैँ यस पटक पनि महोत्सवमा विदेशी चलचित्रकर्मीको सहभागिता हुने भएको छ । महोत्सवमा उत्कृष्ट भएका चलचित्र, कलाकार, प्राविधिकलाई अवार्ड समेत प्रदान गरिने भएको छ । क्षत्रीका अनुसार महोत्सवमा यस पटक नृत्य सम्बन्धी प्रशिक्षण, चलचित्रमा जेनजी पुस्ताबारे अन्तरक्रिया, मास्टर क्लास पनि आयोजना गरिने भएको छ । कलाकारको चित्र प्रदर्शनी पनि आयोजना गरिने भएको छ ।









प्रतिक्रिया