सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको ‘परान’ चलचित्रले बलियो वर्ड अफ माउथ पाउँदा भोलि बुधबार सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ ।

पहिलो दुई दिन उत्साहजनक व्यापर गर्न नसकेको ‘परान’ले रिलिजको छैटौं दिन आउँदा हाल नेपाली चलचित्र हलहरुमा प्रदर्शनरतः नेपाली तथा विदेशी चलचित्रहरुलाई पछाडि पार्दै सर्वाधिक शो पाउन सफल भएको छ ।

खल्ती एपमा यो समाचार तयार पार्दासम्म चलचित्रले देशभर कुल १ सय ३२ शो पाएको छ । उसलाई दोश्रो स्थानमा अनमोल केसीको ‘जेरी अन टप’ले १ सय १९ शो प्राप्त गरेको छ ।

हाल नेपाली हलहरुमा ‘परान’ सहित ‘जेरी अन टप’, वरिष्ठ बलराम, मैझारो गरी कुल ४ वटा नेपाली चलचित्र प्रदर्शनरत छन् । खल्तीमा ‘मैझारो’ चलचित्रले यो समाचार तयारपार्दासम्म ४ शोमा सीमित भएको अवस्था छ भने ‘वरिष्ठ बलराम’ले २१ वटा शो पाएको तथ्यांक छ ।

यस्तै विदेशी भाषाका चलचित्रहरुले पाएको शो संख्यानिक्कै कम छ । रि-रिलिज बाहुबली ४७ शो पाएको छ भने थामा १३ र कान्तारा-२ले ६ शो पाएको छ ।

दर्शक तथा समिक्षकहरु दुबैबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि दर्शकको मागलाई मध्यनजर गर्दै हलहरुले अन्य चलचित्रका शोमा भारी कटौती गर्दै ‘परान’लाई उत्साहजनक शो उपलब्ध गराएका हुन् । चलचित्र हेर्नेहरुले उत्कृष्ट सिनेमा भन्दै चलचित्र हेरेर आफूहरु भाबुक भएको प्रतिक्रिया दिइरहेका छन्।

दिपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको चलचित्रलाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभटाइजिङका रंजित आचार्यको सहस्वामित्वको कम्पनी बाइस्कोट चलचित्रले निर्माण गरेको हो ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com