सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘मुगलान’ गीत रिलिज भएको छ। निर्माण टिमले सोमबार चलचित्रमा समावेश गीत ‘पिन्टु पियारी’ रिलिज गरेको हो।
डान्सिङ गीतमा चलचित्रका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालले छमछमी नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले पनि रुचाएका छन्। युना डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको यो गीतको भिडियोलाई दर्शकले माया पाइरहेको छ।
गीतमा गायक हरि गिरी (बिमर्शी) र शान्तीश्री परियारले गाएका छन्। गीतलाई संगीत र शब्द रचना पनि हरिले नै गरेका छन्। त्यसै गरि गीतको एरेन्ज,मास्टरिङ तथा मिक्सिङ एचबिएन किस्मतले गरेका छन् भने यो गीतको रेकर्डिङ राज खड्काले गरेका छन्।
यसअघि प्रचार प्रसार सामाग्रीका रुपमा निर्माण टिमले ३ चलचित्रमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकालका अलवा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रका निर्माता गोमन सिंह रहेका छन्। यो चलचित्रको को–प्रोड्युसरमा रिता चौधरीले लगानी गरेकी छन्। तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो चलचित्रमा बिजिएम रिदम कँडेलको छ। चलचित्रमा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।
चलचित्रमा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी) लगायतको समावेश छन्। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी (विमर्शी) रहेका छन्। चलचित्रको वितरण आर आर फिल्मस्ले गर्दैछ।











प्रतिक्रिया