सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी ६ देखि १० जुनवरीसम्म बंगलादेशको बेगुरा सहरमा आयोजना हुने छैटौँ संस्करणको ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिब २०२६’ (बिआईएफएस)मा नेपालबाट लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) चयन भएको छ । यो महोत्सवको अन्तर्राष्ट्रिय समूहतर्फ नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) चयन भएको छ । सो महोत्सवमा यो चलचित्र ‘इन्टरनेशलन ओपन डोर समूह’मा चयन भएको छ ।

लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) लाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । यस अघि यो चलचित्र ग्रामिण चलचित्र महोत्सवमा चयन भएको थियो । ग्रामिण चलचित्र महोत्सवमा द चेन्जबाट डब्बु क्षत्रीले उत्कृष्ट निर्देशकको अवार्ड, प्रवण भुसालले उत्कृष्ट अभिनेताको अवार्ड र सरिता भारतीले अभिनेत्रीको जुरी अवार्ड जितेका थिए ।

यो लघू चलचित्रमा नेपाली समाजमा अझै विधामान महिनावारी हुँदा भन्सा र पानीबाट अलग राख्ने तथा पुरुषलाई छुनु नहुने जस्तो छुवाछुतको कुरीतिमाथि केन्द्रित छ । यस्ता कुरितीले समाजमा निम्त्याएका समस्याहरुलाई यो लघु चलचित्रमा समेटिएको छ । २१ मिनटको यो लघु चलचित्रलाई बिलक्षण क्रियसन प्रा.लि.ले निर्माण गरेको हो ।

जसमा अभिनेता प्रवण भुसाल, अभिनेत्री तथा गायिका सरिता भारती, कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीसहितको मुख्य भूमिका रहेको छ । रामशरण उप्रेतीको छायांकन रहेको लघु चलचित्र ‘द चेन्ज’लाई वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, ओम सुनारको पाश्र्व संगीत गरेका हुन् ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com