सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र रमिता को पिरति को अफिसियल टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ। लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै मुख्य भूमिकामा देखिएका छन्।

टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि हृदयवेदना सम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ, जसले चलचित्रले एउटा युवतीको गहिरो कथा बोकेको संकेत गर्छ।

टिजर हेर्दा चलचित्र केही फरक लाग्छ । एक यूवतीको मनोविज्ञानलाई चलचित्रले बोलेको देख्न सकिन्छ । सेरो फिल्मस्को प्रस्तुतिमा यो चलचित्र तयार भएको हो ।

यो चलचित्र विशेष रूपमा एक महिला पात्रको कथा प्रस्तुत गर्छ, र झनै रोचक कुरा चलचित्रलाई लेखन र निर्देशन महिला निर्देशक सुदीप्ताले गरेकी छन्।

चलचित्र आउँदो भ्यालेन्टाइन २०२६ अर्थत माघ २३ मा सार्वजनिक हुँदैछ। चलचित्रका निर्माता सागर लम्साल हुन् ।
चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

अफिसियल टिजर बुढा सुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com