सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  शोभित बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘पीआर’को ट्रेलर रिलिज भएको छ। मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई बाचन गरिएको छ। रिण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको सपना पीआर लिने भन्ने हुन्छ। तर यता नेपालबाट रिणमा पठाएको छोराले पैसा पठाउन नसक्दा र उताको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई निर्देशक बस्नेतले पर्दामा उतारेका छ। ट्रेलर हेर्दा चलचित्रमा लभस्टोरी,बिछोड तथा आफ्नो देश आफ्नै हुनछ भन्ने सन्देश दिन खोजिएको छ।

यहि मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको यस चलचित्रको प्रचारका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका आर ए सुरज पौडेल,विनिता कार्की नेपाल आएका छन्। उनीहरुको मुख्य भुमिका रहेको यस चलचित्रमा राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।

यस चलचित्रको ट्रेलरमा नीर शाहको बोलेको ‘नेपालीको जवानी अष्ट्रेलियामा लगानी’ संवादले दर्शकको मन छुनेमा निर्माण पक्षको बुझाई छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। सौरभ सायमी र सौरभ लामाले चलचित्रको छायांकन गरेको यस चलचित्रलाई सम्पादन बन्दे प्रसादले गरेका छन्। साथै गणेश बुढाथोकीको लेखन रहेको यस चलचित्रका गीतमा मानस राजको संगीत,सनुप पौडेल र नीतु पुनको गायनलाई सुन्न सकिनेछ। चलचित्रमा कोरियोग्राफी रामजी लामिछानेको छ भने वितरण आर आर फिल्म्सले गर्दैछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com