सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अर्जुन घिमिरे (पाँडे) निर्देशित ‘झरिपछिको इन्द्रेणी’ नयाँ र पुरानो पुस्ताका कलाकारहरूको मिठो सहकार्यमा बनेको चलचित्र हो । यसमा अघिल्लो पुस्ताका कलाकारदेखि नयाँ पुस्ताका कलाकारसम्म छन् । नयाँ र अग्रज मात्रै पनि होइन, डेब्यु कलाकार पनि छ । त्यसैले योचलचित्रलाई कमप्याक्ड टिमको सिनेमा भन्न सकिन्छ ।

कुनै समय सानो र ठूलो पर्दामा राज गरेका कलाकारदेखि समाजको नयाँ अनुहारसम्म यो चलचित्रमा देखिनेछ । गणेश उप्रेती दुई दशकअगाडि सानो पर्दामा एक क्षत्र राज गरेका कलाकार हुन् । उनी ठूलो पर्दामा पनि त्यतिकै लोकप्रिय थिए ।

अर्का कलाकार हुन्, रमेश उप्रेती । उनी आफ्नो समयमा ठूलो पर्दाका बाघ हुन् । यी दुई अनुभवी कलाकारको अभिनय यो चलचित्रमा रहनेछ । ‘झरिपछिको इन्द्रेणी’ अर्जुन घिमिरेले निर्देशन गरेका छन् । उनको यो पहिलो फिचर चलचित्र निर्देशन हो । तर, उनी सानो पर्दाको बाघ हुन् ।

‘सक्किगोनी’जस्तो लोकप्रिय सिरियलका निर्देशक र कलाकार भएकाले उनको काम पनि यसमा देख्न पाइनेछ । कमेडीमा राज गरेका उनको कमेडीको अनुभवले पनि ‘झरिपछिको इन्द्रेणी’ हेर्न लायक चलचित्र हुने विश्वास छ ।

दीपाश्री निरौला उनी आफैमा कुशल निर्देशक र कलाकार हुन्, उनलाई पनि दर्शकले यो चलचित्रमा देख्न पाउनेछन् । विमोचन दवाडी र जेसिका पोखरेल जसले यो सिनेमाबाट डेब्यू गर्दैछन् । उनीहरूको डेब्यु हुँदा दर्शकले फ्रेस अनुहार हेर्न पाउनेछन् । नयाँ कलाकारको नयाँ अभिनय हेर्न पाउनेछन् । त्यसैले यो चलचित्र नयाँ, पुराना, डेब्युलगायतको कमप्याक्ट टिमको सिनेमा हुनेछ ।

यसअघि केही चलचित्रमा विशेष भूमिकामा देखिएकी प्रियना आचार्य ‘मुन्नी’ यो चलचित्रमा काम गरेकी छन् । ‘झरिपछिको इन्द्रेणीले अहिलेको वर्तमान राजनितिक अस्थिरता, त्यसमा जनता अनि देशमा परेको असर कथा बुनेको छ । त्यसमा पनि जेनजी युवापुस्ता के चाहन्छन् । स्पेशली त्यसमा जेनजी प्रोटेस्ट पनि देख्यौं । युवाहरुको आक्रोस, देशमा सिस्टम नभएपछि त्यसले कति असर पारेको छ । भविष्यप्रतिको चिन्ताले विदेशीएका नेपालीको मन जित्ने विश्वास छ,’ उनले भनिन् ।

यो चलचित्रबाट डेव्यु गरेका अभिनेता विमोचन दवाडी पनि ‘झरीपछिको इन्द्रेणी’ले आफुलाई नेपाली रजतपटमा स्थापित गर्नेमा विश्वस्त छन् । ‘आफुले झरीपछिको इन्देणीमा गरेको मेहनत पर्दामा देखिन्छ । यो चलचित्र निर्माणमा जति मेहनत लागेको छ, त्यो मेहनत पर्दामा हेर्दा दर्शकको मन छुन्छ जस्तो लाग्छ । जसले दर्शकको माउथ पब्लीसिटीले विस्तारै दर्शक बढ्दै जाने अपेक्षा छ । हाम्रो कुनैपनि मेहनतले फल पनि पाउँछ भन्ने लागेको छ,’ उनले भने ।

यही चलचित्रबाट अभिनेत्री जेसिका पोखरेलले डेव्यु गर्दैछिन् । रिलिजका हिसाबले झरिपछिको इन्द्रेणी पहिलो भएपनि कामका हिसाले दोस्रो हो । उनले काम गरेको पहिलो चलचित्रको छायांकन अझै सकिएको छैन् रे । त्यसैले पनि झरीपछिको इन्द्रेणीबाट डेव्यु गर्न पाउँदा उत्साहित रहेको बताउँछिन् । ‘यो चलचित्रले मेरो करियरलाई सर्पोट गर्छ । चलचित्रले हाम्रे देशमा अहिले जे भयो । त्यो हुनुभन्दा अगाडी नै स्कृप्ट लेखनसहित छायांकन समेत सकिएको थियो । उहाँहरुले पहिले नै फ्युचर थाहा थियो जस्तो लाग्छ । यस्तो पनि हुनेछ है खालको कन्टेक्स्ट नै लिएर बनाउँनु भएको थियो, त्यसैले पनि यो चलचित्रले दर्शकको मन जित्ने देखिन्छ,’ उनले भनिन् ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको चलचित्रबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।

चलचित्रमा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

आगामी पौष ४ गते देशब्यापी रिलिज हुने यो चलचित्रबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । चलचित्रको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । चलचित्रका छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।

 

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com