सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रमिताको पिरती’ को आज ललितपुरको लबिम मलमा एक कार्यक्रम आयोजना गरि ‘तिमी भए काफी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

फरक विषयवस्तु र प्रस्तुतिका कारण चर्चामा रहेको चलचित्र ‘रमिताको पिरती’ को पोष्टर तथा टीजर सार्वजनिक भइसकेका छन् । चलचित्रले एक युवतीको जीवन, संघर्ष, प्रेम तथा आरोह–अवरोहलाई प्रस्तुत गरेको छ ।नायीका आना शर्माको फरक शैली र गेटअप, चलचित्रको टिजरमा देखाइएको फरक किसिमको प्रस्तुतिले युवापुस्तामाझ यसका विषयवस्तुहरु लोकप्रिय बनिरहेका छन् ।

सार्वजनिक गीतमा थाइल्याण्डको रमणीय लोकेशनमा चलचित्रकी मुख्य पात्र आना शर्मा र नव–नायक तथा गायक समीर श्रेष्ठको रोमान्स हेर्न सकिन्छ । गीतको भिडियोमा आना र समीरको सामिप्यतालाई बलियो रुपमा देखाइएको छ ।

समीरकै स्वरमा समावेश गीतमा शाश्वतको संगीत छ । झोलेको डीओपी रहेको गीतको भिडियोले दर्शकको मन जित्ने विश्वास गरिएको छ । सुदिप्ताले निर्देशन गरेको चलचित्रका निर्माता सागर लम्साल हुन् ।

चलचित्रमा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सुदिप्ताकै लेखनमा तयार भएको चलचित्रमा शिशिर विशाङ्खेको डीओपी, सुनिल सिवाकोटीको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्मचलचित्रमा आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रुपमा छन् । चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com