सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो रिलिज भएको छ। बुधबार सुनिल दवाडी नामक युटुब च्यानलबाट रिलिज भएको हो। गीतको भिडियोलाई दर्शकले एकदमै रुचाएकाछन्।

सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई देख्न सकिन्छ। एकअर्काबीचको मायामा गढिएका युवायुवतीको कथामा गीतको भिडियो निर्माण गरिएको छ। गीतको भिडियोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक बिक्रम चौहानले गरेका हुन्।

गायक धुब्र बिक र गायिका मनिषा सुनारले गाएको यस गीतमा शब्द संगीत ज्ञानेन्द्र गिरीको छ। गीतको एरेन्ज,मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन्।

यसअघि अनिता गिरीले एक दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्। उनको पहिलो म्युजिक भिडियो भने ‘बैगुनीले गएको थियो छोडेर’रहेको छ। उनी म्युजिक भिडियोमा मात्र सिमित रहेकी छैनन्।

यस अन्तरालमा आधा दर्जन भन्दा बढि नेपाली फिल्ममा अभियन गरिसकेकी िछन्। फिल्म ‘नम्बरी सुन’,‘दान्भी’,‘रावायण’,‘आउट ल’लगायतमा उनको अभिनय रहेको छ। जुन फिल्महरु प्रदर्शनमा आइसकेका छन् भने केहि आउने तयारीमा रहेको गिरीले बताईन्। अनिता पछिल्लो समय व्यस्त मोडल तथा अभिनेत्री समेत हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com