सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट एब द भ्वाइस अफ नेपालका कोच समेत रहेका लोकप्रिय गायकराजु लामाको नयाँ गीत ‘फेरि भेटौंला’ सार्वजनिक भएको छ । सुरेश राइको शब्द तथा संगीत रहेको गीतमा फरिन्द्र राइको एरेन्ज रहेको छ ।
नेपाली गीत संगीतको बजारमा चिर परिचित तथा पहिचान बोकेको गायक राजु लामाले गाएका अधिकांश गीत हिट नम्बरमा पर्छन् ।
बिहिबार बेलुका सार्वजनिक गीत ‘फेरि भेटौंला’को म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित जोडी प्रभातपाल ठकुरी र स्मारिका ढकाल अभिनय रहेको छ उत्सव दाहालको सीनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको भिडियोलाई पुनम श्रेष्ठले निर्देशन गरेका हुन् ।
नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले गीतलाई निर्माण गरेको हो ।









प्रतिक्रिया