सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शिरो फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्र ‘रमिताको पिरती’ माघको २३ गतेबाट रिलिजमा आउँदैछ । यो चलचित्रको दोस्रो गीत बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ ।
सार्वजनिक ‘जुनी भर’ बोलको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन् । रोमान्टिक शैलीको यो गीतमा चलचित्रका मुख्य २ कलाकारहरु आना शर्मा र विनय श्रेष्ठलाई हेर्न सकिन्छ ।
भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आना उनले भनेको नमानेको दृश्यलाई देखाइएको छ । यसले, विनय र आनाको प्रेमको सुरुवातको रुपमा यो गीत तयार भएको वुझ्न सकिन्छ ।
चलचित्रमा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारहरुको पनि अभिनय छ ।
चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी, कुशल पोखरेलको संगीत समावेश छ ।
सुदिप्ताको लेखन र निर्देशनमा तयार भएको चलचित्रका निर्माता सागर लम्साल हुन् ।
आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने चलचित्रका एसोसियट निर्माता हुन् । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको चलचित्रमा शिशिर बिशाङ्खेको डीओपी, साहिल खानको ट्रेलर र टिजर छ ।
सुनिल शिवभक्तिको सम्पादन रहेको चलचित्रको यो गीतको भिडियोमा झोलेइज्म, जेनिश महर्जन र प्रयत्न को छायांकन, झोलेइज्मको सम्पादन, कृतिका बरालको कोरियोग्राफी छ ।
चलचित्रले एक यूवतीको प्रेम भावनालाई सुक्ष्म रुपमा चलचित्रमा देखाएको निर्माणपक्षको भनाई छ ।








प्रतिक्रिया