सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन थापा चन्दका श्रीमान तथा रेडियो नेपालको अङ्ग्रेजी समाचारवाचक श्री माईकल चन्द( हरिश चन्द) को आज शुक्रबार बिहान ७७ वर्षको उमेरमा निधन भएको छ  ।

२००६ सालमा सुदूरपश्चिममा जन्मिएका उनका तीन छोरी छन्, जो हाल अमेरिकामा छन् । उनीहरू नेपाल आएपछि आइतबार चन्दको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

चन्द सन् १९७० को दशकदेखि रेडियो नेपालमा अंग्रेजी समाचार वाचकको रुपमा आबद्ध रहेका थिए । ३३ वर्ष रेडियो नेपालमा विताएका उनले जर्मनीको गोथे इन्स्टिच्युटमा पनि लामो समय काम गरेका थिए ।

६ दशकदेखि अभिनयमा सक्रिय भुवनले १५ वर्षको उमेरमा पहिलो फिल्म ‘आमा’मा काम गरेकी थिइन्, जुन सन् १९६४ मा प्रदर्शनमा आएको थियो । अभिनेत्री चन्द र उनका श्रीमान एक उदाहरणीय जोडीका रुपमा परिचित थिए ।

सबस्त इन्टरटेनमेन्ट, यस शोकको घडिमा भुवन थापा चन्द ज्यु र परिवारमा गहिरो समवेदना प्रकट गर्दछ साथै श्री माईकल चन्द( हरिश चन्द) ज्यु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com