सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपालको वैकल्पिक राजनीतिका अगुवा दिवंगत उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ को आज पुस २५ गते शुक्रवारदेखि देशव्यापी प्रदर्शन प्रारम्भ भएको छ ।

यो वृत्तचित्रमा नेपाली नागरिक चेतना, वैकल्पिक राजनिति, उद्यमशीलता तथा सामाजिक रुपान्तरणको नयाँ बाटो देखाउने प्रेरणादायी कथा प्रस्तुत छ ।

गत बुधवार ललितपुरस्थित क्युएफएक्स लबिम मलमा आयोजित यो वृत्तचित्रको प्रीमियर शोमा प्रधानमन्त्री सुशीला कार्की, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु प्रदीप पौडेल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ लगायत पारिवारिक नजिकका साथीभाईले हेरेका थिए ।

ड्रिम विजार्डको प्रस्तुति तथा उज्वल थापा फाउन्डेसनद्वारा निर्मित यो वृत्तचित्रले उज्वल थापाको बाल्यकाल, वैदेशिक शिक्षाको यात्रा, स्वदेश फर्किएपछिको नागरिक जागरण अभियान तथा वैकल्पिक राजनितिमा उनले पु¥याएको योगदानलाई प्रस्तुत गरिएको छ । यसको निर्देशन सुदीप भाजुले गरेका हुन् ।

प्रीमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको वृत्तचित्र निर्माणका लागि सर्वसाधारणबाट पाँच रुपैयाँदेखि ५ लाखसम्म सहयोग प्राप्त भएको थियो । यसको प्रदर्शनी सम्पन्न भएपछि सम्पूर्ण आम्दानी तथा खर्च विवरण पारदर्शिताका साथ फाउन्डेसनको वेबसाइटमा सार्वजनिक गरिने जानकारी निर्माण टिमले दिएको छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com