सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो ।
बुवा र छोरीबीचको इमोस्नल सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा चलचित्रको मुख्य विषय छ । नेपाली कलाकारमा प्यासन छैन भन्नेहरुका लागि ‘मिरमिरे’ जवाफ रहेको र यही कारण आफूले यो सिनेमामा अभिनय गरेको दयाहाङले बताएका छन् ।
‘मिरमिरे’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ । यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
चलचित्र ‘मिरमिरे’को वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गरेको छ ।
१०५ मिनेट रनटाइमको यो चलचित्रले देशब्यापी करिब १ सय ५० शो भन्दा बढी शोज पाएको वितरण कम्पनी आरआर फिल्म्सले जानकारी दिएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यका भित्रका हलमा १६ शो पाएको छ भने मोफसलमा २३ १६ शो पाएको छ ।
यसैगरि, देशको दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआईका ६ वटा आउटलेटमा ११ शो, बिग मुभिजले ३ शो, एफक्युब सिनेमाले ५ शो र वान सिनेमाज् आफ्ना २ वटा आउटलेट ९ शो दिएका छन् ।









प्रतिक्रिया