सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  यहि माघ ९ गते अर्थात शुक्रबारबाट प्रदर्शनमा आउने एक्सन चलचित्र ‘परिवर्तन’ को सेन्सर पास भएको छ। चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई पिजी सर्टिफिकेट दिएसँगै यो चलचित्रको सेन्सर पास भएको हो। चलचित्र हेर्नका लागि १६ वर्ष मुनिकाका दर्शकले अभिभावक साथैमा लैजानुपर्ने छ।

चलचित्रलाई पुराना फिल्म निर्देशक विजय केरुङले निर्देशन गरेका हुन्। चलचित्रको सेन्सर पास भइसकेपछि निर्देशक केरुङले चलचित्रमा समसामयिक विषयवस्तु र राजनीतिक उथलपुथल चलचित्रमा रहेकाले पिजी सर्टिफिकेट पाएको बताए।
उनका अनुसार केहि डर लाग्दा दृश्यका कारण १६ वर्षमुनिका दर्शकले चलचित्र हेर्नका लागि अभिभावक चाहिएको हो।

चलचित्रको पछिल्लो समय गीतका साथै ट्रेलर चर्चामा रहेको छ। चलचित्रमा समावेश गीत ‘पाकेको चिउरी’दर्शकमाझ असाध्यै लोकप्रिय बनेको छ भने यसकोट्रेलरलाई दर्शकले छोटो समयमा नै ११ लाखभन्दा बढि दर्शकले हेरेका थिए।

चलचित्रमा सुशील श्रेष्ठ,अञ्जना बराईली,सरोज खनाल, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन्।

एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस चलचित्रमा बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भने एसडी योगीको संगीत सुन्न सकिन्छ। यस चलचित्रमा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन दर्शकले हेर्न पाउने छन्। पछिल्लो समय उनी द्धन्द्ध निर्देशनमा निकै चर्चामा रहेका छन्। उनको तारिफ हुँदै आएका छन्। चलचित्रलाई आर आर फिल्मस्ले वितरण गरेको हो भने ओएसआर डिजिटलले सहकार्य गरेको छ। फिल्म यही माघ ९ गते अर्थात शुक्रबारबाट अल नेपाल प्रदर्शनमा आउदैछ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com