सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘हरिबहादुरको जुत्ता’ पछि यही टिमले नयाँ चलचित्र ‘श्रीनिवास’ निर्माणको घोषणा गरेको छ। गएको दशैँको फूलपातीमा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ले दर्शकको राम्रो साथ र सकारात्मक प्रतिक्रिया पाएको थियो।

एसएम मोसन पिक्चर्सले आफ्नो ब्यानरमा दोस्रो चलचित्रका रूपमा ‘श्रीनिवास’ को आज औपचारिक निर्माण घोषणा गरेको हो। चलचित्रमा हरिवंश आचार्य र अभिषेक खड्का प्रमुख भूमिकामा रहनेछन्। अभिषेकको डेब्यु चलचित्र ‘कुमारी’ यही माघ २३ गतेबाट रिलिज हुँदैछ, जसले उनलाई पछिल्लो समय चर्चामा ल्याएको छ।

सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा तयार हुने चलचित्रलाई सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा निर्देशन गर्नेछन्। यसअघि उनीहरूले चलचित्र ‘बेहुली फ्रम मेघौली’ निर्माण गरेका थिए।

चलचित्र ‘श्रीनिवास’ मा अभिमन्यु निरावीको लेखन रहनेछ। चलचित्रका अन्य कलाकार तथा प्राविधिक पक्षबारे निर्माण टिमले क्रमशः जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com