सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने चलचित्र ‘कस्तुरी’को शुभ मूहुर्त गरिएको छ। मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मूर्हतसँगै सुटिङ पनि थालिएको छ। शुभमुर्हत गर्दै निर्देशक ऋत बोहोराले आजैबाट चलचित्रको सुटिङ थालिएको बताए। उनले भने,‘ हामीले आजैबाट चलचित्रको छायांकन थालेका छौँ। यसको अधिकांश छायांकन काठमाडौं र आसपासमा हुनेछन्।’

उनले रहस्य,सस्पेन्स र अपराधका गहिरा तहहरूलाई चलचित्रले उजागर गर्ने बताए। यस चलचित्रबाट नै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलोबाट स्क्रिन सेयर गर्न लागेका हुन्। चलचित्रमा निखिल र वर्षाका साथमा शेखर चापागाईं,निर्मल शर्मा,नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटा,सबी थापा,प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी,श्रेया श्रेष्ठ,प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहने छ।

टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको कथा ऋत बोहोराले नै लेखेका हुन् । यस चलचित्रका निर्माता धिरज कुमार अग्रवाल हुन् भने को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्। चलचित्रका छायाँकार आलोक शुक्ला रहेका छन् भने प्रमुख सह–निर्देशक ललित बिष्ट हुनेछन्। त्यसै गरि चलचित्रको संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्दैछन्।
२८ माघ २०८२, मंगलबार









प्रतिक्रिया