सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत माघ १६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’को अधिकांश हलमा टिकट सोल्ट आउट भएको छ। मंगलबार दर्शकको अत्यधिक चापका कारण दाङ,धनगढी,पोखरा र पुर्वको धरान लगायत ठाउँका हलमा सोल्ट आउट भएको हो।

चलचित्रलाई दर्शकको अत्यधिक साथ मिलेको भएता पनि टिकट नपाएको कुरामा निर्माण टिम दुखी भएको छ। चलचित्रका अभिनेता पल शाहले दर्शकसँग माफी नै मागेका छन्।

उनी भन्छन्,‘सबै आमा–बुवा, दाजु–भाइ,दिदी बहिनी तथा साथीहरूमा मेरो एउटा सानो अनुरोध छ। आज मङ्गलबार नेपालगन्ज, दाङ, धरान, पोखरा, धनगढ़ी लगायत देशका धेरै चलचित्र हलहरूमा दिनभरिको सबै टिकटहरू सोल्ड आउट भइसकेका छन्। तपाईंहरू टाढा–टाढाबाट आएर टिकट नपाउँदा निराश भएर फर्किनुपरेको सुन्दा मलाई निकै दुःख लागेको छ।’

उनले घरबाट अर्थात काउन्टरमा टिकट कमफम गरेर मात्रै हलमा पुगिदिन आग्रह गरेका छन्। उनी दर्शकलाई अनुरोध गर्दै भन्छन्,‘कृपया घरबाट निस्किनुअघि आफ्नो टिकट कन्फर्म गरेर मात्र हलसम्म आइदिनुहुन हार्दिक अनुरोध गर्दछु।’
चलचित्रले मंगलबार मात्रै तीन दर्शक हलमा हाउसफुल भएको पलले स्क्रिनसर्ट सहित सामाजिक सञ्जालमा पनि राखेका छन्।

आमा बुबा र छोराबीचको घनिष्ट सक्बन्ध अनि परदेशिदाको पिडाले दर्शकलाई रुवाउन चलचित्र सफल भएको छ। केहि दिनअघि निर्माण टिमले चलचित्र हेर्दा दर्शक बिहोस् नै हुनु परेकाले माफी समेत मागेको थियो।

यसो त चलचित्रले पछिल्लो फिल्मको भन्दा राम्रो कमाई गरिरहेको छ। साथै दर्शक हलमा तानिरहेको छ। निर्माण टिमले चलचित्र प्रदर्शनको दशौँ दिनमा ५ करोड २० लाख भन्दा बढि ग्रस कलेक्सन गरेको जानकारी दिएको छ। साथै चलचित्र विकास बोर्डको नौ दिनको बक्स अफिस रिपोर्ट अनुसार ४ करोड ८० लाखभन्दा माथीको व्यापार हो। सुस्ताएको चलचित्र बजारमा पल शाह,विपना थापा,प्रदीप रावतका साथै निर्देशक टिमको मेहनतले ‘आ बाट आमा’गज्जबको फिल्म दर्शकलाई पस्किएका छन्। देशभरका अधिकांश हलमा हाउसफुल रहेको चलचित्रले अबको हप्ता झनै राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।

यतिबेला चलचित्रका अभिनेता पल शाह,सिम्रन पन्त,उषा उप्रेती लगायत निर्देशक चन्द्र पन्तको टिम दर्शक भेट्न विभिन्न जिल्ला हुँदै यतिबेला दाङ र नेपालगन्जका हलमा पुगेका छन्। त्यहाँ उनीहरुले दर्शकको प्रतिक्रिया लिइरहेका छन्।
चन्द्र पन्तकै कथा रहेको यस यस चलचित्रमा विपना थापा,पल शाह,प्रदीप रावत (गजनी भिलेन)का अलवा साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट,बेगम नेपाली,रचना गौतमको पनि अभिनय रहेको छ।

कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्माता करण सिंह रसाली हुन्।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको कथा तथा पटकथा निर्देशक पन्तले नै लेखेका हुन्। अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेको छन्।चलचित्रका गीतमा संगीत कोशिस क्षेत्री,बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाको रहेको छ।

नवराज उप्रेतीले खिचेको यस चलचित्रको सम्पादन मिलन श्रेष्ठको हो भने ट्रेलर र टिजरको काम साहिल खानले गरेका छन्। चलचित्रको वितरण आरआर फिल्म्सले गरेको छ। साथै डिजिटल अधिकारमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com