सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्ट्सको निर्माणमा बनेको चलचित्र ‘लालीबजार’ को टीजर सार्वजनिक संगै प्रदर्शन मिति २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ ।
चलचित्रको सार्वजानिक टीजरमा चलचित्रका मुख्य पात्रलाई देखाईएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतले अभिनय गरेका छन् ।
यसै चलचित्रबाट विशाल देवकोटा तथा प्रशंसा सुवेदीले पहिलो पटक नेपाली रजतपटमा डेब्यु गर्दैछन् । चलचित्रलाई निर्देशन यम थापाको रहेको छ भने चलचित्रको कथा, पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका छन ।
फरक भूमिकामा रहेकी स्वस्तिमा खड्काको चलचित्रमा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।
चलचित्रमा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।









प्रतिक्रिया