सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  सलोन–सलिना फिल्म्सको प्रस्तुतीमा नयाँ नेपाली चलचित्र निर्माण हुने भएको छ। ए टु जेड क्लिनिङ सप्लायर्स (अस्ट्रेलिया) का तर्फबाट कृष्ण थापाले चलचित्रको प्रस्तुती गर्ने भएका छन्। चलचित्रको नाम भने केही दिनमै औपचारिक रूपमा घोषणा गरिने निर्माण टिमले जनाएको छ।

चलचित्रको कथा तथा निर्देशन शोभित बस्नेतले गर्नेछन् भने कार्यकारी निर्मातामा नवीन घायल र सह–निर्मातामा हिमाल भण्डारी रहेका छन्। क्यामेरामा सौरभ लामा र द्वन्द निर्देशन हिमाल केसीको रहनेछ। यसै फिल्ममार्फत केसी फिल्मको काममा फर्कन लागेका हुन्। पछिल्लो समय उनलेे फिल्म पिताम्बरमा काम गरेका थिए। चलचित्रको छायांकन ६० प्रतिशत अस्ट्रेलियामा र ४० प्रतिशत नेपालको जुम्लामा गरिने तय भएको छ। कलाकार तथा अन्य प्राविधिक टिम भने केही दिनमै फाइनल गरिने जनाइएको छ।

निर्देशक शोभित बस्नेतले आगामी मार्च २० देखि ‘कमेडी दरबार’ टिमलाई एक महिनाको अस्ट्रेलिया टुरमा लैजाने तयारी गरेका छन्। सो टुर सकिएलगत्तै चलचित्रको छायांकन सुरु गरिनेछ। अस्ट्रेलियाबाट ‘पि आर’ चलचित्रका केही कलाकार दोहोरिने जानकारी दिइएको छ। साथै, चलचित्रमा दुई नायक र दुई नायिका रहनेछन्। तीमध्ये एक नायक र एक नायिका चर्चित अनुहार हुने निर्देशक बस्नेतले बताए।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com