सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पाँचौँ संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न भएको छ । धिरेन शाक्यलाई ‘टाइमलेस ह्यान्डसम सुपरस्टार’ उपाधिबाट सम्मानित गरियो । उनको सम्मानमा उनी अभिनित चलचित्रका चर्चित गीतहरूमा अभिनेता दिक्पाल कार्की, अभिनेता तथा आयोजक यसराज गराच, अभिनेत्री ऋचा थापालगायत कलाकारहरूले विशेष नृत्य प्रस्तुति दिएका थिए। कार्यक्रममा शाक्यको लामो योगदानको स्मरण गर्दै नेपाली दृश्य–मनोरञ्जन उद्योगमा उनको प्रभाव र लोकप्रियताको चर्चा गरिएको थियो।

चलचित्र विकास बोर्ड, काठमाडौँमा आयोजित उक्त समारोहको आयोजना स्पर्श मिडिया एन्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल र ब्राइट इभेन्टले गरेको थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता–निर्देशक दिनेश डीसीलाई ‘इन्टरटेन्मेन्ट किङ’ सम्मान प्रदान गरियो। उनले नेपाली चलचित्र र टेलिभिजन क्षेत्रमा गरेको दीर्घकालीन योगदानका लागि सम्मान पाएका हुन्।
चर्चित गायक आनन्द कार्कीलाई ‘मेलोडी सम्मान’ प्रदान गरिएको थियो भने अग्रज अभिनेत्री तथा निर्माता–निर्देशक रोशनी केसीलाई ‘चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिएको समारोहमा अभिनेता गजित बिष्टलगायत अन्य व्यक्तित्वहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

समारोहमा पत्रकारिता र फेसन कोरियोग्राफी विधामा विशेष अवार्ड प्रदान गरिएको थियो। मल्टिमिडिया जर्नालिस्ट अवार्ड सरिता भारतीले प्राप्त गरिन् भने फेशन कोरियोग्राफर अफ द इयर अवार्ड अश्विनी कान्त झालाई प्रदान गरियो।

संगीत सिर्जनातर्फ उत्कृष्ट गीतकार (डायस्पोरा) अवार्ड ईशन ढकालले ‘पहिलो प्रेम’का लागि, उत्कृष्ट गीतकार (आधुनिक) अवार्ड देवेन्द्र आचार्यलाई ‘सजाय काफी हुँदैन’ गीतका लागि प्रदान गरियो । लिरिकल म्युजिक भिडियो अवार्ड पारस मणि बराललाई ‘के गर्ने के गर्ने’का लागि, अन्तर्राष्ट्रिय संगीत संयोजक अवार्ड निशाद चन्दलाई, उत्कृष्ट आधुनिक संगीतकारको वार्ड ‘भुतुक्कै भएनी’बाट सुशील विश्वकर्मालाई उत्कृष्ट संगीत निर्देशक अवार्ड दीपक तिरुवालाई ‘तिम्रै लागि’बाट प्रदान गरियो । उत्कृष्ट गायक (डायस्पोरा) अवार्ड निता आचार्यले, गायक (लोक दोहोरी) अवार्ड प्रमोद शर्मा र शर्मिला बरदेवाले ‘खै त मायाले कुरा बुझेको’बाट, आधुनिक गीत गायिका अवार्ड माधवी अर्यालले ‘काफल गेडी’बाट आधुनिक गायकको अवार्ड प्रचण्ड बाबु राईले ‘यो मायाले’बाट हासिल गरे । यस्तै लोकप तर्फ उत्कृष्ट गायकको अवार्ड सुमन रेग्मीले ‘चिसो चिसो हावामा’बाट गायिकाको अवार्ड मिलन अमात्यले ‘सुनसान रातमा–२’बाट पाइन् ।

म्युजिक भिडियो तर्फ उत्कृष्ट मोडल (पर्व गीत) अवार्ड योगेश भण्डारीले ‘दशैं आयो’बाट, उत्कृष्ट मोडल (लोक दोहोरी)को अवार्ड लोसिना लमिछानेले ‘आकाश का’बाट , उत्कृष्ट अधुनिक महिला मोडलको अवार्ड प्रिया रानी लामाले ‘विश्वासको घर’बाट आधुनिक पुरुष मोडलको अवार्ड सुधीर श्रेष्ठले ‘काश्मिरे गम्छा’बाट र पपतर्फ उत्कृष्ट महिला मोडलको अवार्ड प्रिज्मा खतिवडालाई ‘बेरंग…’ बाट प्रदान गरियो ।

म्युजिक भिडिया नृत्य निर्देशनको अवार्ड दिलिप ओखेडाले ‘पैसा चाहिन्छ…’बाट, भिडियो निर्देशन जुरी अवार्ड सुब्रत आचार्यलाई ‘गाजलु ती ठूला ठूला आँखा…’बाट उत्कृष्ट भिडियो निर्देशकको अवार्ड सुनिल बीकेलाई ‘पुतली…’बाट प्रदान गरियो ।

नयाँ प्रतिभा प्रोत्साहन अन्तर्गत पप डेब्यु अवार्ड पुरुष मोडलतर्फ सुरेन्द्र दियालीलाई ‘सम्हालेर राखेको छु…’बाट आधुनिक डेब्यु अवार्ड अनिमेष गुरुङलाई ‘ओ भावना…’लाई प्रदान गरियो ।

त्यस्तै, उत्कृष्ट मोडल डेब्यु (महिला) अवार्ड आकृति बस्नेतलाई, डब्यु ज्यूरी (पुरुष) अवार्ड मनीष गौतमलाई, डेब्यु महिला अवार्ड अन्विशा खड्गीलाई, यस्तै उत्कृष्ट प्रोडक्सन म्यानेजर अवार्ड निर्मल न्यौपानेले प्राप्त गरे। उत्कृष्ट छायाँकार (डायस्पोरा) अवार्ड राजीव आचार्यले ‘पहिलो प्रेम’ले पाए ।

उत्कृष्ट सम्पादक अवार्ड राजु जंग बस्नेतले ‘सुनसान रातमा–२’का लागि प्राप्त गरे भने उत्कृष्ट छायाँकार अवार्ड दिनेश पराजुलीले ‘लाहुरेले लैना केरे’बाट पाए । उत्कृष्ट बाल कलाकार (पुरुष) अवार्ड रिदम जटाललाई, बाल कलाकार (महिला) अवार्ड परिना भण्डारीलाई, आशावादी बाल कलाकार अवार्ड आहाना श्रेष्ठलाई प्रदान गरियो ।

अभिनेता तथा आयोजक यसराज गराच, कलाकार गोपाल ढकाल ‘छन्दे’ र सञ्चारकर्मी बिना श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए। कलाकारहरूको लाइभ प्रस्तुति, नृत्य तथा भिडियो प्रदर्शनले समारोहलाई मनोरञ्जनात्मक र स्मरणीय बनाएको थियो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com