सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कृषा चौलागाइँको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पारस’मा सुशील श्रेष्ठको इन्ट्री भएको छ। निर्माण टिमले बुधबार चलचित्रमा निरुता सिंहलाई अनुबन्ध गरेको थियो। निरुतालाई चलचित्रमा अनुबन्ध गरेको दुई दिनमा नै एक्सन स्टारमा रुपमा परिचित सुशीललाई अनुबन्ध गरेको हो।

कृषाले सुशीलसँगको फोटो सेयर गर्दै पारसमा सुशीलाई अनुबन्ध गरेको जानकारी दिएकी छन्। उनी लेख्छिन्,‘प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ।’

उनले सुशील आएपछि पारस राम्रो चलचित्र बन्न सक्ने बताएकी छन्। यसअघि चलचित्रमा निखिल उप्रेती नायकका रुपमा अनुबन्ध भइसकेका छन्। नायिकामा जसिता गुरुङ,प्रियंका कार्की,निरुता सिंहलाई निर्माण टिमले चलचित्रका लागि अनुबन्ध गरिसकेको छ। यो हेर्दा निर्देशक चौलागाईले चलचित्रलाई नेपालमा बनेका पछिल्ला चलचित्रको तुलनामा उत्कृष्ट बनाउने देखिन्छ।

यसअघि सामाजिक कथामा निर्माण भएको चलचित्र ‘ऐँचोपैचो’ र एक्सन जनराको चलचित्र ‘पिताम्बर’मा आफ्नो काम कृषाले देखाइसकेकी छन्। अब उनी यस चलचित्रमा भएका कमीकमजोरीलाई सुधार्दै तेस्रो निर्देशकिय चलचित्र ‘पारस’लाई बबाल बनाउने दाउमा छिन्।

प्रेमकथामा आधारित यस चलचित्रलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्। उनले लेखक पनि सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य लादियालाई चलचित्रमा लिएकी छन्। चुनाव लगत्तै चलचित्रको छायांकन थाल्ने कृषाको तयारी छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com