सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – प्रेमकथामा आधारित नयाँ नेपाली चलचित्र ‘प्रेम गीता’को औपचारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले बिहिबार चलचित्रको कथावस्तु झल्किने गरिको पोस्टर रिलिज गरेको हो।
सार्वजनिक पोस्टरमा मुख्य जोडी जाहान्वी बस्नेत र साजिद खानलाई हरियाली पहाडी परिवेशमा रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ। पोस्टरले चलचित्रको प्रेमप्रधान तथा संगीतमय धार स्पष्ट संकेत गरेको छ।
यस चलचित्रमार्फत साजिद खानलाई नयाँ अनुहारका रूपमा प्रस्तुत भएका छन्। अर्थात उनको यो डेब्यु चलचित्र हो। उनका अलवा यो चलचित्रमा जाहन्वी बस्नेत, सुशील पोखरेल, अर्जुन गुरुङ, मनिल तामाङ, आइशा पौडेल, दिप्सन लिम्बु, मन्शी शर्मा, मौसम खड्का, रियाशा सापकोटा र श्याम मगरलगायत कलाकारहरूको अभिनय रहेको जनाइएको छ ।
अर्नव बस्नेतको प्रस्तुती रहेको यस चलचित्रको कथा सिताराम ढुङ्गेलको हो भने पटकथा तथा संवाद मौनता श्रेष्ठले तयार पारेका हुन्। चलचित्रका गीतमा संगीत दिप्सन लिम्बूले गरेका छन्। साथै डिओपी रामेश्वर हुमागाईँ, नृत्य निर्देशन सुरेश पाण्डेको छ। द्धन्द्ध निर्देशन किरण दाहालको छ भने सम्पादन बन्दे प्रसादले गरेका छन्। रङ संयोजन प्रबिन ढकाल तथा मिक्सिङ मुकेश शाहको रहेको निर्माण पक्षले जनाएको छ। यस चलचित्रको सहायक निर्देशकका रुपमा सागर बोहोरा रहेका छन्। त्यसै यस चलचित्रको चिफ एडीका रुपमा बिनयराज पौडेलले गरेका छन्।
निर्देशक बस्नेतका अनुसार चलचित्रले युवापुस्ताको प्रेम, भावना र संघर्षलाई केन्द्रमा राखेको छ। प्रदर्शन मिति भने छिट्टै सार्वजनिक गरिने बताइएको छ।







प्रतिक्रिया