सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी बैशाख १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘लालीबजार’को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गरिएको छ । लोकलयमा आधारित गीतमा खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर तथा गायक सेन्चुरी स्वयंको संगीत अनि शब्द रमेश बिजीले लेखेका हुन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा मायाको निशानी सुम्पिएको विषयलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीपसहित स्वस्तिमा खड्का र बाल कलाकार समाइरा थापाको आकर्षक नृत्य हेर्न सकिन्छ । चलचित्रका मुख्य कलाकार रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र विशाल देवकोटा पनि भिडियोमा देखिएका छन् । भिडियोलाई आकर्षक बनाउन सेट डिजाइन, प्रप्स र कोरसमा ठूलो खर्च गरिएको देखिन्छ ।

चलचित्रमा अभय बराल, आशा पौडेल, गोविन्द सुनार, प्रेम पाण्डे, आभा अर्याल, तारा शर्मा, रमेश बादी, सरस्वती अधिकारी लगायतका कलाकारको पनि अभिनय रहेको छ । यो सिनेमामार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् । सिनेमामा निर्देशक थापा स्वयंको कथा छ भने संवाद र पटकथा यम र प्रदीप भट्टराईले मिलेर लेखेका हुन् ।

षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सुशन प्रजापतीको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड म्यूजिक तथा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत रहेको छ ।

चलचित्रको कार्यकारी निर्माता प्रदीप भट्टराई तथा निर्मातामा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्मातामा छन् । रुपक प्रताप अधिकारी प्रोडक्सन म्यानेजर रहेको सिनेमाका क्रियटिभ निर्देशक जेवी रुवाली हुन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com