सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मधुुसुधन भट्टराई निर्देशित चलचित्र ‘हामी तीन भाइ’को ट्रेलर रिलिज भएको छ। सोमबार निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत चलचित्र को ट्रेलर रिलिज गरेको हो।
ट्रेलरमा एउटा गाउँका तीन दाजुभाई बिनोद न्यौपाने,कुशल बिष्ट र फलित राई एकदमै मिल्छन्। उनीहरुका बुबा आमाले तीन भाई कहिल्यै नछुटिनु भनेर बितेका हुन्छन्। बुबाआमाको भनाईलाई आत्मसाथ गर्दै अगाडी बढेका तीनै भाई खेतबारी बारीमा होस् या कुनै काम। मिलेर गर्छन्। दाईले नकुटेको दिन किन आफुलाई दाईले कुटेनन् भनेर पनि गुनासो गर्छ। जब बिनोदका भाई कुशल र फलितले बिहे गर्छन् त्यसपछि उनीहरुको सम्बन्धमा दरार आउँछ। भनौ,भाईहरु छुटिनका लागि अंश माग्न थाल्छन्। कहिल्यै नछ्टिने दाजुभाईहरु जब अंशको कुरा गर्न थाल्छन्।
त्यसपछि तीन दाजुभाईबीचको गहिरो संम्बन्धमा चिसोपना आउँछ। दाजुले रिसले त्यसो भए बुबा खोजेर लिएर आइज भनेपछि नम्कली बुबा राजाराम पौडेललाई खोजेर ल्याउँछन्। अहिले हाम्रो समाजमा भइरहेको जग्गा प्लटिङ गरेर धेरै कमाउने मान्छेहरु देखिन्छन्। सोही कथालाई समेत निर्देशक भट्टराईले कथामा मिसाएका छन्।

तीन दाजुभाईको खटपट कुन बेलामा हुन्छ भन्ने कुरामा समेत चलचित्रको ट्रेलरले बोल्छ। ट्रेलरमा चलचित्रका मुख्य कलाकार विनोद न्यौपाने,लक्ष्मी बर्देवा,कुशल बिष्ट,जाहान्वी बस्नेत,फलित राई,आश्मा गिरी,राजाराम पौडेल,रविन्द्र झा लगायतलाई सबै अटाएका छन्। चलचित्र लाई निर्देशक भट्टराईले कमेडी जनरामा मार्मिक कथा भन्न खोजेका छन्। सबै कलाकारहरुले लोभलाग्दो अभिनय गरेको देख्न सकिन्छ।
चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।

साजित महत प्रस्तुतकर्ता रहेको यस चलचित्रको पटकथा तथा सम्वाद शिवम् अधिकारीले लेखेका हुन्। प्रसिद्धि सिने आट्सर्् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
फिल्मलाई शिव ढकालले खिचेको हुन् भने सम्पादन बनिश शाहले गरेका छन्। यस फिल्मको गीतमा संगीत साप शक्ति,बाबुल गिरीले भरेका छन्। नृत्य कमल राई इन्द्र देव महर्जन पाश्र्व संगीत सम्राट थापा ध्वनी मिश्रण मुकेश शाह,रंग संयोजक रेनिश फागोको छ।
यस चलचित्रको सहायक सम्पादन क्यामोदिन मिया, श्रृंगार अशोक रोक्काको छ। चलचित्रमा पाश्र्वसंगीत सम्राट थापाको छ भने द्धन्द्ध निर्देशन देव महर्जनले गरेका छन्। ग्राफिक्स एक्स समिर मिया,कला निर्देशक दिनेश लामा ‘गैंडा’,निर्माण नियन्त्रक सन्देश राई (भान्जा)ले गरेका छन् भने पोस्ट प्रोडक्सनको काम मोसन स्टूडियोले गरेको हो।
चलचित्रको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलको छ भने प्रचार साम्रगी आइडियल डिजाइनर्सले तयार पारेको हो। फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।
चलचित्र यहीँ चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।






प्रतिक्रिया