सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लोकप्रिय अभिनेता जीतु नेपालले पहिलो पटक निर्माण गरेको फिल्म आई. एम. जीतबहादुरको टिजर रिलिज भएको छ ।

भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको यस चलचित्रमा कलाकार बन्न गाउँबाट शहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ ।

जीतु नेपाल प्रमुख भूमिकामा रहेको यस चलचित्रमा उनको जोडीका रुपमा भने अभिनेत्री बर्षा राउतले अभिनय गरेकी छिन । चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल सहित अन्य चिरपरिचित कलाकारहरुलाई समेत विशेष भूमिकामा देख्न सकिन्छ ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा निश्चल कुवर र निरज नेपाल कार्यकारी निर्माताको रुपमा रहेका छन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारीले जीतुलाई निर्माताको रुपमा सघाएका छन् ।

भारतीय सिनेमाटोग्राफर अरविन्दले खिचेकोचलचित्र आउँदो वर्षको असार महिना भित्र प्रर्दशन गर्ने लक्ष्य राखिएको छ ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com