सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आउँदो वर्षको जेठ महिनाबाटचलचित्र ‘एक्का तीन’को छायांकन सुरु हुने भएको छ । चलचित्रका निर्देशक रुपेश तामाङले धमाधम कलाकार फाइनल गर्दै अघि बढेको र प्रि–प्रोडक्सनको तयारी अन्तिममा पुगेको बताएका छन् ।

चलचित्रमा नायिका पूजा शर्मा फाइनल भइसकेकी छिन् । अब, चलचित्रमा नायक पुष्प खड्काको पनि प्रवेश भएको छ । पुष्पसँग कागजी संझौता गर्दै निर्माण टिमले लाइनअप बलियो बनाइरहेको छ ।

चलचित्रलाई एक्सन जनरामा निर्माण गर्ने तयारी रुपेशको छ ।चलचित्रमा पुष्पको भूमिका के हुन्छ भन्ने खुलाइएको छैन । निर्माणपक्षले दिएको जानकारी अनुसार, फिल्मबाट एक–एक जना नव–नायक र नव–नायिकालाई भित्राउने तयारी पनि गरिएको छ ।

सुमन गजमेरले चलचित्रको कथा लेखेका हुन् । चलचित्रलाई जुना फिल्मस् र अधिरा फिल्मस्ले निर्माण गर्दैछन् ।
पुष्प र पूजाले चलचित्र ‘३६ को आँकडा’मा पनि पर्दा शेयर गरेका छन् । केही म्युजिक भिडियोमा काम गरेका यी दुइलाई दर्शकले ठूलो पर्दामा प्रतिक्षा गरिरहेका छन् ।

 

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com