सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । अभिनेता पल शाहको निर्माणमा धमाधम छायांकन भइरहेको फिल्म ‘यानीमाया’को प्रदर्शन अधिकार ६ देशमा बिक्री भएको छ । निर्माण पक्षका अनुसार फिल्मको प्रदर्शन अधिकार हङकङ, जापान, दक्षिण कोरिया, मलेसिया, कतार र थाइल्याण्डमा बिक्री भएको हो ।
निर्माण पक्षले अन्य देशमा पनि फिल्म प्रदर्शनका लागि कुराकानी भइरहेको र ती सम्झौता चाँडै टुंगो लाग्ने जनाएको छ । फिल्म ‘मोहर’पछि विदेशी बजारमा पल शाहको लोकप्रियता बढेको र उनले अभिनय गरेको ‘आ बाट आमा’ले समेत विदेशी बजारमा राम्रो व्यापार गरेकाले ‘यानीमाया’प्रति विदेशमा चासो बढेको निर्माण पक्षको दाबी छ ।
घोषणादेखि नै चर्चामा रहेको ‘यानीमाया’को ४० दिनको छायांकन तालिका तय गरिएको छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ ।
फिल्ममा शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारका रूपमा छन् । चन्द्र ज्योती आले र पल शाहको लगानीमा निर्माण भइरहेको फिल्ममा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन निर्देशन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन तथा भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।
विशाल कार्कीले निर्माण व्यवस्थापन गर्ने फिल्ममा रेनिश फागोको कलर सम्पादन, राजु लामा र सञ्जु ढकालको मेकअप तथा हेयर र आशिष पौडेलको पोशाक डिजाइन रहनेछ ।
सामाजिक प्रेमकथामा आधारित ‘यानीमाया’लाई आगामी फागुन ७ गतेदेखि प्रदर्शनमा ल्याउने निर्माण पक्षले घोषणा गरेको छ । हाल काठमाडौंको गुन्डुमा छायांकन भइरहेको फिल्मको उक्त चरण सकिएपछि निर्माण टोली पर्वत जानेछ ।










प्रतिक्रिया