सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित फिल्म ‘कमला मिस’ ले बक्सअफिसमा कम्जोर व्यापार गरेको छ । बालमनोविज्ञानलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले पहिलो साता नेपालभरबाट २ लाख ६१ हजार ८ सय ४५ रुपैयाँको मात्र ग्रस कलेक्सन गरेको छ ।

पछिल्लो समय एक दिनमा नेपाली फिल्मले २ करोड हाराहारीमा ग्रस कलेक्सन गरिरहेको खबरका बीच ‘कमला मिस’ को ग्रस कलेक्सन निकै न्यून देखिएको छ । चलचित्र विकास बोर्डमा रहेको ‘सिनेपा @बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार फिल्मको पहिलो सातामा ७ सय १८ वटा टिकट मात्र बिक्री भएको छ । वरिष्ठ कलाकार निर शाहको निर्देशनमा बनेको ‘कमला मिस’लाई हेर्न दर्शकले कुनै चासो नदेखाएको प्राप्त बक्सअफिस कलेक्सनले देखाएको छ ।

फिल्ममा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडालगायत कलाकारको अभिनय रहेको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com