सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ। साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा दर्साइएको छ।

एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) र आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा फिल्म बनेको फिल्मकी प्रमुख अभिनेत्री तथा निर्देशक अनिता पण्डितले बताइन्। अनेकौँ आकाङ्क्षा बिच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा फिल्मले अहम् भूमिका खेल्ने विश्वास अनिताको छ।

केही दिनपछि केही लक्षित दर्शकहरूको लागि विशेष प्रिमियर शोहरूको आयोजना गर्ने तयारीमा रहेको उनले बताइन्। हल रिलिजको लागि पनि फिल्म तयार रहेको बताउँदै अनिताले उपयुक्त मिति हेरी रिलिज गर्ने जनाइन्।

फिल्ममा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। आश्वि फिल्मसले फिल्म निर्माण गरेको हो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com