सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शोभित बस्नेतले निर्माण गर्ने फिल्म ‘जय हो’को औपचारिक घोषणा भएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेको हो। फिल्मका निर्माता, निर्देशक एवं मुख्य कलाकारहरुको उपस्थितिमा फिल्मको घोषणा गरेका हुन्।

कार्यक्रममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, निर्माता शोभित बस्नेत तथा निर्देशक टेक पौरखी राईको उपस्थिति थियो। केकी सलोन र निशाले एक साथ स्क्रिन सेयर गर्ने भएकाले पनि निकै नै उत्साहित देखिएका थिए।

सुरेश न्यौपानेको कथामा बन्न लागेको फिल्ममा शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत रहनेछ। फिल्ममा राज के अधिकारी र सुरज सरकारको लगानी रहनेछ। काठमाडौँ, पोखरा र मुस्ताङमा फिल्मको छायांकन हुनेछ। फिल्म नयाँ बर्ष २०८० भदौमा प्रदर्शन गरिने छ। फिल्म सलोन सलिना फिल्म्सको ब्यानरमा बन्न लागेको हो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com