सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा अपुर्भ तामाङ्गको आवाज र शब्द रहेको छ भने सङ्गीत मनिष गुरुङ्गले भरेका छन् । गीत ‘जी.टु.वान डिजिटल’को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
‘जी.टु.वान डिजिटल’को प्रस्तुति र योङ्ग हार्ट्स फिल्म्सको सहकार्यमा निर्मित मिनी सिरिज ‘टिन स्पिरिट’लाई जीवन स्वार र सुनिल गुरुङ्गले निर्देशन गरेका हुन् । सम्पादनको अभिभारा भने हाङ्पे, सुनिल शिवभक्ति र बिकेन कार्कीले पुरा गरेका हुन् । सिरिजमा मलिकाका अलावा लक्ष्य तामाङ्ग, अनुशा बायुङ्ग राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, संगीता थापा, प्रकाश श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

‘टिन स्पिरिट’को निर्माताको रूपमा असीम शाह रहेका छन् । सिरिजको कथा सुनिल गुरुङ्गले लेखेका हुन् । सिरिजका कार्यकारी निर्माता विशाल शर्मा हुन् भने आसिफ शाह क्रीयटिभ डाइरेक्टरको रूपमा रहेका छन् । सिरिजलाई नकुल सुनुवारले खिचेका हुन् । सिरिजमा समावेश अर्को गीतमा आशिरा शाह र सुनिल गुरुङ्गको आवाज, सुश्मा सिग्देलको शब्द र निरज तामाङ्ग, मोहक श्रेष्ठ र सन्देश के.सीको सङ्गीत रहेको छ ।
‘टिन स्पिरिट’को टाइटल स्पोन्सरको रूपमा एम्बिसन गुरु रहेको छ साथै करेन्ट स्पाईसी नुडल्स सह प्रायोजक, भोक लाग्यो एप फुड पार्टनर र मोड २३ वार्डरोब पार्टनर रहेको छ । सिरिज हिमालय टेलिभिजन मार्फत प्रशारण गरिनेछ साथै युट्युबमा ‘जी टु वान डिजिटल’को अफिसियल च्यानलबाट सार्वजनिक गरिनेछ ।











प्रतिक्रिया