सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । प्रसिद्ध भारतीय अभिनेत्री शबाना आजमीले शनिबार आफ्नो फिल्म यात्रा, समानताको सोच र व्यक्तिगत जीवनका विभिन्न पक्षबारे खुलेर कुराकानी गरेकी छन्। काठमाडौँ महानगरपालिकाले आयोजना गरेको फिल्म महोत्सवमा सहभागी हुन नेपाल आएकी शबानाले अभिनेत्री स्वस्तिमा खड्कासँग भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा संवाद गरेकी हुन्।