सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कातिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मैझारो’को प्रचारप्रसार व्यापक रुपमा गर्न थालिएको छ। निर्माण टिमले आफ्नो चलचित्रको प्रचारप्रसारमा व्यापक बनाउन थालेको हो। यसैसिलसिलामा पुर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। यतिबेला पुर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारो मय भएको देखिन्छ।