सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा तयार भएको सिरियल ‘जुनी’को टिजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंस्थित जय नेपाल हलमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा सिरियलको टिजर सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।