सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आज बिहिबारदेखि विश्वभर एकसाथ प्रदर्शन हुने भारतीय फिल्म ‘रामायण’ नेपालमा पनि आक्रामक सुरुआत गर्ने भएको छ । फिल्मको अग्रिम टिकट बिक्री खुला गरिएसँगै यसलाई खरिद गर्नेको चाँप बढेको थियो । मल्टीप्लेक्स चेन क्युएफएक्सले सार्वजनिक सूचना जारी गर्दै फिल्मो टिकट खरिदकर्ताको चाँप बढेकाकारण वेबसाइटमा समस्या आएको जनाएको छ ।

आज प्रदर्शनको पहिलो दिन विहानी शोदेखि नै दर्शकको अकुपेन्सी हलमा उच्च छ । नेपालमा टिकट बिक्री खुला गरिएसँगै यसको प्रदर्शन नहुँदै १ करोड १२ लाख बराबरको अग्रिम टिकट बिक्री भईसकेको बक्सअफिस स्रोतले बताएको छ । आज फिल्मले नेपालभरबाट २ करोड बढीको ग्रस कलेक्सन गर्ने अनुमान गरिएको छ । नितेश तिवारी निर्देशित ’रामायण’मा रणवीर कपूर भगवान् राम, साई पल्लवी सीता, यश रावण, रवि दुबे लक्ष्मण र सनी देओल हनुमानको भूमिकामा छन् ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com