सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजर आज सार्वजनिक भएको हो । टिजरमा सिनेमाका मुख्य कलाकारलाई देख्न सकिन्छ । टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ ।