सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट काठमाडौं: माघ २० गते अर्थात आज शुक्रबारबाट ‘ह्यारीकी प्यारी’ देशभर एकैसाथ प्रदर्शन भएको छ। जितु नेपाल र बोल्ड साम्राज्ञीको जोडीलाई ट्रेलर र गीत मार्फत राम्रो प्रतिक्रिया दिने र चलचित्र हेर्न उत्साहित हुने दर्शकले नजिकैको हलमा गइ चलचित्र हेर्न सक्नेछन्।

सोसल कमेडी रोमान्टिक जनरामा आधारित चलचित्रले दर्शकको मन जित्ने धेरै राम्रा प्रस्तुति समेटेको छ। जितु नेपालको काकाको पात्र निभाएका विजय बराल र उनीबीच चलचित्रमा अनेकन हासो ठट्यौलीका तरङ्गहरु छन् भने साम्राज्ञीले बोल्डको साथै सरल पात्र मज्जाले निभाएकी छिन्। कथाबस्तु निकै राम्रो छ सररर हेर्दा एउटा बिषय होकी जस्तो लागेपनि कथाभित्र त्यस्ता अनेकन सामाजिक यथार्थलाइ पस्किएको छ। जितु र साम्राज्ञीबीच सरल मिठो प्रेमका साथै गाउँका सुन्दर प्राकृतिक सिनारियो र सहरका मोर्डन परिवेशलाइ झल्काइएको छ। बालकदेखि युवापुस्ता हुदैँ बृद्दसम्मले रुचाइने रमाइला किस्साहरु छन् जसले चलचित्रको अन्त्यसम्म पेट मिची मिची हसाउने छन्। चलचित्रमा एक ब्याक्तिले स्यंमको सपना नै गाउँ विकाश गर्नु उद्देश्य बोकी हिड्ने यात्राका अवसर बाधा,अड्चनको नियात्रामा दर्शकले आफ्ना कथा पनि भेट्न सक्नेछन।

सोसल-कमेडी जनरामा आधारित चलचित्र चिकित्सक कपिल रिजालको लेखन तथा डेब्यु निर्देशन हो। निर्मातामा रिजालका आफ्नै अभिभावक बुवा डक्टर भोला रिजाल र माता सरला रिजालको रहेको छ। चलचित्रमा जीतु नेपाल र साम्राज्ञी शाह अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जन भट्टराई र सरला रिजालको समेत अभिनय रहेको छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com