सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट काठमाडौं:  निर्देशक राजु गिरीले ‘नम्बरी सुन’को छयांकन आजबाट सुरु गरेका छन्। ललितपुर भैंसेपाटीस्थित श्रीकालीचौर मन्दिरमा पूजाआजा गरि चलचित्रको छायांकन अगाडी बढेको छ। गौरव र नम्रताको नृत्य पोशाक सहितको तस्बिर सार्बजनिक गर्दै चलचित्रको गीतको सुटिंगका बारे निर्माण टिमले जानकारी गराए। ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा आधारित हुने चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा र सरोज खनालको प्रमुख अभिनय रहने छ भने चलचित्रमा ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीले प्रमुख खलपात्रको भूमिका निर्वाह गर्दैछन्।

सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने चलचित्रमा नारायण खातीको लगानी र कथाको साथै प्रस्तुतकर्ता पनि खाती स्वयम् नै रहेका छन्। फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, नारायण खातीको गीत रचना, शान्तिश्री परियारको स्वर रहेनेछ। चलचित्रमा बुद्धि तामाङ, सविन बाँस्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मणविक्रम बस्नेत, माया श्रेष्ठ, हीरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती र अनिता गिरीलगायत कलाकारको अभिनय रहने छ । चलचित्र लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा छायांकन गरिनेछ।

 

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com