सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । बडादसैँको अवसर पारेर देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा २’ अन्य फिल्मको तुलनामा बक्सअफिसमा अगाडि देखिएको छ ।चलचित्र विकास बोर्ड अन्तर्गत रहेको बक्सअफिस विवरण अनुसार फिल्मले कात्तिक १५ गतेसम्म ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा फिल्मका २ लाख १३ हजार १९४ टिकट बिक्री भएका छन् ।
फिल्ममा प्रस्तुत आमा र छोराबीचको भावनात्मक कथालाई दर्शकले रुचाएका छन् । फिल्म हेरेर हलबाट निस्किएका दर्शकले कलाकारको अभिनय र विषयवस्तुको प्रशंसा गरेका छन् । कतिपय दर्शकले फिल्मले भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।
फिल्मका निर्देशक चन्द्र पन्तले फिल्म हेरेपछि दर्शकले खुसी व्यक्त गर्दै धन्यवाद दिएको बताएका छन् । फिल्ममा विपना थापा, पल शाह, मलिका महत, स्वर्गीय प्रदीप रावत, साइग्रेस पोखरेल र नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ । पारिवारिक सम्बन्ध, आमा र सन्तानबीचको भावनात्मक सम्बन्ध तथा प्रेमलाई मुख्य विषय बनाइएको फिल्मले प्रदर्शनको सुरुवातदेखि नै दर्शकको साथ पाएको छ ।






प्रतिक्रिया