सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीले आफ्नो केहिबर्ष देखिको प्रेमलाई विवाह बन्धनमा बाधेका छन्। आज फागुन २५ गते पारिवार र आफन्तजनको उपस्थितिमा चितवन सौराहमा यो जोडीले सरलतापुर्वक विवाह सम्पन्न गरेका छन्। फिका सुन्तला रङ्गको लेहेङ्गामा सजिएकी सुरक्षा मानवको साथमा निकै राम्री देखिएकी छिन्।

‘अझैपनि’ चलचित्रबाट सुरक्षाले आफ्नो अभिनयको करिअर शुरु गरेकी थिइन् । सुस्केरा, के घर के डेरा, गोपी, प्रेमगंज र आमा उनि अभिनित चलचित्र हुन्ज। आमा चलचित्रबाट बेस्ट एक्टर लिडिंग रोलमा राष्ट्रिय फिल्म अवार्ड २०७६ बाट सम्मानित भएकी थिइन्।
त्यस्तै ‘अन्तराल’ चलचित्रवाट मानवले आफ्नो अभिनय थालनी गरेका थिए भने, नेपथ्य र चिनी कम रङ कडा उनि अभिनित चलचित्र हुन्। हालको समय उनी सर्ट मुभिज निर्देशनमा आफुलाई व्यस्त बनाइरहेका छन्। झण्डै ६ वर्षदेखि सुरक्षा र मानव प्रेम सम्बन्धमा रहेर आज बिबाह गरेका छन्।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com