सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सुरक्षा पन्त स्टारर चलचित्र ‘बुलाकी’को पहिलो गित ‘नाच सुवा नाच’ सार्वजनिक भएको छ। निर्माण टिमले चलचित्रको प्रचारप्रसार गर्दै यसअघि पोस्टर तथा टिजर सार्वजनिक गरिसकेको छ।

सार्वजनिक गीतमा सिडी विजय अधिकारी र रचना रिमालको स्वर रहेको छ भने गितको भिडियोमा सुरक्षा र नरेनको साथमा अनु पराजुली र गायक कृष्ण रेउलेलाई अतिथि कलाकारको रुपमा प्रस्तुत गरिएको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

लक्ष्मण सुनाले निर्देशन गरेको चलचित्रमा अभिनेता बिराज बिष्टको पनि मुख्य भूमिका रहेको छ। जारी प्रथाको कथामा निर्माण भएको चलचित्रमा शिव ढकालको छायांकन र अर्जुन जिसीको सम्पादन छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता भने स्वर्गिय मोति बिष्ट हुन् । चलचित्रको छायांकन कर्णाली प्रदेशको उत्तरपूर्वी, दक्षिण र मध्य भागमा गरिएको हो ।

चलचित्र मा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, प्रकाश कँडेल, कुलदीप अधिकारी, झलनाथ खत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com