सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  चैत्र १० गते देखि छायांकन सुरु भएको फिल्म नाङ्गो गाउँ को छायांकन स्थलबाट फिल्मका मुख्य कलाकार दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्य लक्ष्मी शाहको केहि तस्बिरहरु बाहिरिएको छ।

सार्वजनिक तस्बिरमा  दयाहाङ राई र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ । यस्तै, नायक कार्म नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्टिक देखिएका छन् ।

३५ दिनको छायांकन सेड्युल बनाएको फिल्म अहिले काभ्रे आसपासका क्षेत्रमा छायांकन भईरहेको छ। फिल्ममा  दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, मिरुना मगर, शिशिर वाङ्देल, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहनेछ। फिल्मकि मुख्य नायिका मिरुनाको भने हाल सम्म छायांकन सुरु भएको छैन।

दिपेन्द्र लामाले निर्देशन गरिरहेको फिल्म मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको हो भने फिल्ममा हिमाल शर्माको लगानी रहेको छ। फिल्ममा आलोक शुक्लाको छायांकन छ ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com