सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । कान्सलगायत विश्वका ठूला इन्टरनेसनल फिल्म फेस्टिभलहरू डुलेको नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ ले घरेलुबजारमा प्रदर्शनको पहिलो विकेन्ड पुरा गरेको छ । लेखकका रुपमा परिचित अविनाश विक्रम शाहको डेब्यु निर्देशनमा तयार भएको फिल्मले घरेलुबजारमा भने सुस्त सुरुआत गरेको छ ।
चलचित्र विकास बोर्डमा रहेको ‘सिनेपा @ बक्सअफिस’ मा रहेको तथ्यांकअनुसार गत भाद्र २८ गतेसम्म ८५ लाख ९५ हजार ९ सय १० रुपैयाँको कमाइ गरेको छ । उक्त अवधिमा फिल्मका लागि २४ हजार ४ सात ८६ वटा टिकट बिक्री भएका छन् ।
जंगली हात्तीको आतंकबाट आक्रान्त बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथामा आधारित फिल्मको व्यापार भने दर्शकले दिने ‘वर्ड अफ माउथ’ ले निर्धारण गर्नेछ ।
फिल्ममा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ । निर्देशक शाहको नै पटकथा रहेको फिल्ममा निर्देशक शाह र सन्दीप बादलको कथा छ ।






प्रतिक्रिया