सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: प्रतिक्षित फिल्म ‘नाई नभन्नु ल ६’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। २ मिनेट ४३ सेकेन्ड लामो फिल्मको ट्रेलरमा ३ पुस्ताको प्रेम कहानीलाई देखाउन खोजिएको छ।

विकाश राज आचार्यकै निर्देशनमा बनेको फिल्म ‘नाई नभन्नु ल’ को छैठौ शृंखला हो। यस अघिका सबै सिरिजलाई दर्शकले साथ दिएका थिए। फिल्मको कथा, पटकथा विकासराज आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई विकासराज आचार्य र विष्णुमणि दाहाल निर्माताका रुपमा देखिएका छन।

पूर्वी नेपालमा खिचिएको फिल्ममा आँचल शर्मा आशिर्वाद बि. क्षेत्रि र केकी अधिकारीको मुख्य भूमिका रहेको छ।  फिल्मका मुख्य अभिनेता आशिर्वादले यसै फिल्मबाट डेब्यु गरेका हुन्।

फिल्म बैशाख १ गतेबाट प्रदर्शन हुदैछ। स्मरण रहोस यहि मितिमा अरु ३ फिल्महरु जारी, बिहे पास र बुलाकी पनि रिलिज हुदैछन।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com