सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘नाइँ नभन्नु ल ६’ तोकिएको मिति अर्थात् वैशाख १ गते प्रदर्शन नहुने भएको छ। स्रोतका अनुसार फिल्मको सेन्सर हाल सम्म पनि नभएकाले फिल्म तोकिएको मितिमा प्रदर्शन हुन नसकेको हो। यधपी  विकास आचार्य निर्देशित फिल्म वैशाख भित्रै रिलिज हुने जानकारीपनि बाहिरिएको छ।

आर्थिक लेनदेन नमिलेपछि  विकास बोर्डमा परेको उजुरीका कारण फिल्मलाई रोकिएको हो। डीएस डिजिटल र एफडी कम्पनीले फिल्मका कार्यकारी निर्माता भनिएका सञ्जय न्यौपानेविरुद्ध बोर्डमा उजुरी दिएका थिए । डीएस डिजिटललाई ११ लाख र एफडीलाई दुई लाख रुपैयाँ तिर्न बाँकी रहेको उजुरीमा उल्लेख छ । फिल्मलाई लिएर परेको उजिरी चाडैनै समाधान गरेर फिल्म चल्ने वातावरण बनाउन अहिले बोर्डका सदस्यहरु प्रयासरत छन ।

‘नाइँ नभन्नु ल’को छैटौ शृंखलामा आँचल शर्मा, आशिर्वाद बराल क्षेत्रि र अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com