सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को पोस्टर सार्वजनिक गरिएको छ। भर्खरै मात्र छायांकन सकेर बसेको फिल्मले यस अघि पहिलो पोस्टर सार्वजनिक गरिसकेको छ। हालै सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु गौरव पहारी नम्रता सापकोटा,सरोज खनाल,बुद्धि तामाङ, राजाराम पौडेल किरण नेपाली केन्द्रमा छन।

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको फिल्मलाई राजु गिरिले निर्देशन गरेका हुन्। फिल्ममा शिवम अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ। सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी रहेको फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत,रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ।

भाद्र १ गतेलाई रिलिज डेट फिक्स गरेको फिल्ममा राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीले आवाज भरेका छन। फिल्ममा बिनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन रहेको छ।
फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी,लगायत कलाकारको अभिनय रहेको छ ।

©2023 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com