सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दिपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को छायांकन अहिले धमाधम भईरहेको छ। फिल्मको छायांकन नसकिएपनि फिल्मको विदेश राइट्स किन्नेको संख्या बढ्न थालेको छ। हालै मात्र फिल्मको अष्ट्रेलिया राईट्स बिक्रि भएको छ। फिल्मलाई एमएसएम इन्टरटेन्मेन्ट्सले अष्ट्रेलिया राइट्स किनेको हो। फिल्मको टिम, कलाकार, निर्देशकमाथि विश्वास गरेर आफूहरुले फिल्म खरिद गरेको एमएसएमका छत्र थापाले बताए ।

आउँदो भाद्र २९ गतेलाई रिलिज डेट फिक्स गरेको फिल्ल्मा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्म, वुद्दि तामाङ, रविन्द्र झा, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ।  फिल्मको अहिले सम्म ८० प्रतिशत छायांकन पुरा भएको भएको छ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com